अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको आयोजनामा भाइटिकाको अघिल्लो साझ मारुनी नाच सहितको  सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साझ २०२४ हुने भएको हो।

नेपालीहरूको दोस्रो ठूलो चाड शुभदिपावलिको  अवसरमा यही नोभेम्बर २ तारिख शनिबार साँझ दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम हुने भएको हो। 

मञ्चले आयोजना गर्नलागेको सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साँझमा  हाम्रो कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने हेतुले  अर्घाखाँचीमा नाचिने मारुनी नाच ,बासुरी ताल  र स्थानीय कलाकारहरूको उपस्थितिमा  अन्य  मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हरु पनि प्रस्तुत हुने छन । कोरियामा रहनुभएका नेपाली जोसुकैले कार्यक्रममा उपस्थित जनाउन सकिने व्यवस्था रहेको आयोजक टिमले जनाएको छ। 

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *