नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल यही मार्च १५ अर्थात चैत २ गते मलेसियामा हुने एन्फा महासचिव किरण राईले जानकारी दिए ।

त्यकसा लागि नेपाली टोली मार्च १३ मा मलेसिया जानेछ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा नेपाली टोलीले विश्वकप छनोटको खेलका लागि तयारी गरिरहेको छ ।

छनोट दोस्रो चरणमा समूह एचमा रहेको नेपालले मार्च २१ र २६ मा बहराइनसँग होम र अवे म्याच खेल्ने तालिका थियो । तर नेपालको घरेलु मैदान दशरथ रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लायक नभएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।

उक्त खेल अब न्युट्रल भेन्युमा हुनेछ र खेल कहाँ हुने भन्ने जानकारी एन्फाले चाँडै सार्वजनिक गर्ने महासचिव किरण राईले जानकारी दिए ।

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *