मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ।

भे.११प ५५५८नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं. ५ मार्मिङ निवासी २३ वर्षीय थार्चेन तेम्बा तामाङको  पेटमा बाँधेर लुकाएको साे पदार्थ प्रहरीले बरामद गरेको हो।  

तातोपानी नाकाबाट सामान बोकेर ती युवा काठमाडौं आउँदै थिए। प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमान्डमा रहेको प्रहरी टोलीले मोटरसाइकलसहित सो पदार्थ  बरामद गरेको छ। 

‘सुरुमा मोटरसाइकल र युवाको शरीर खानतलासी गर्दा केही भेटिएन। शरीरको कपडा उतारेपछि पेटमा बाँधिएको अन्दाजी एक केजी सुनजस्तो पहेँलो चक्का फेला पर्‍याे,’ जोशीले भने।   

इलाका प्रहरी कार्यालयले बाह्रबिसेमा पत्रकार सम्मेलन गरेर मोटरसाइकलसहित ती युवालाई सार्वजनिक गरेको छ। 

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *