२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मन्त्रीहरुको कामकारबाही सन्तोषजनक नभए आन्तरिक रुपमा छलफल गरेर सुधार्न सकिने उनले बताए ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने कहिले कहिले देख्दा एकचिज हुन्छ, (वास्तविकतामा) अर्को हुन्छ ।’

तराईतिर डोरीको त्यान्द्रो देख्यो भने सर्प भनेर तर्सिने गरेको भन्दै उनले अगाडि भने, ‘सजग हुनुपर्थ्यो, झस्किएको ठीक छ । तर त्यतिबेला सर्प भन्यो भने पनि एकछिन पनि नहुनसक्छ । त्यसैले प्याट्ट बोलिहाल्दा कहिले कहिले नराम्रो हुन्छ ।’

कुनै मन्त्रालयको काम सन्तोषजनक नभए छलफल गर्न सकिने ओलीले बताए । ‘त्यसलाई सन्तोषजक, प्रशंसायोग्य बनाउने काममा हाम्रो योगदान हुन्छ’, मन्त्रीहरुतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘यदि कसैले सन्तोषजक बनाउन चाहेन भने फरक ढंगले उपचार खोज्नुपर्ने हुन्छ ।’

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *