बाबु राम पोखरेल

उनी भारतको(केरला) मल्लापुरम भन्ने ठाँउको एक राम्रो शिक्षिका थिईन…एक दिन उनका एक विद्यार्थीले उनलाई भारतको एक रेल्वे स्टेशन नजिक भिख मागिरहेको देखे…

तर विधार्थिले उनलाई टाढा वाट राम्रो सित चिन्न सकेन्न…तर पनि त्यो विधार्थीको मनमा खुलदुलि भएर नजिकबाट नियालेर हेर्दा साँचि नै उनी तिनलाई पढाउने शिक्षिका नै थिईन…शिक्षिकालाइ चिनिसके पछि त्यो विद्यार्थीले सोध्यो:- तपाईको यो हालत कसरि भयो?
शिक्षिकाले भनिन:-जव म शिक्षण पेशाबाट रिटाएर्ड भए। त्यसपछि मैले आफ्नो सम्पुर्ण रकमहरु छोराछोरिको खुसि को निम्ति खर्च गरे। तर जब उनीहरुको स्वार्थ सिद्ध पूरा भयो उनीहरुले मलाई बोझ सम्झेर घरबाट निकाले…

परिणाम आज म यहाँ भिख माग्दै छु…त्यो कुरा सुनेपछि विद्यार्थीको आखाँबाट आसु खस्न थाल्यो , त्यसपछि विद्यार्थीले शिक्षिकालाई आफ्नो घर लगे नयाँ लुगाहरु किनिदिए र भविष्य मा उनलाई दु:ख नहोस भन्ने योजना सहित जति जना विद्यार्थीहरु ती शिक्षिका सित पढेका थिए।

तिनिहरु सित सम्पर्क गरि सबैलाई सहयोगलाई अपिल गर्यो…परिणाम सबै त्यो शिक्षिका सित पढने विद्यार्थी जो जो थिए तिनले आ-आफ्नो तर्फबाट कुनै न कुनै रुपमा उनलाई मद्दत गरे…परिणाम उनलाई बस्नलाई घरको व्यवस्था र उनको खातामा केहि पैसा र एक हेरचार गर्ने मान्छेको व्यवस्था ति उनका विद्यार्थीहरु गर्देका छन।

कुनै बेला मनैबत्ती झै पग्लिएर आफ्ना विद्यार्थीको जिवनमा उज्यालो छरेकी शिक्षिका, आज उनै विद्यार्थीले उनको अध्यारो जिवनलाई उज्यालो बनाएका छन।

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *