राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला मंगलबार पक्राउ परेका छन् । 

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो । 

उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ । उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

By बाबु राम पोखरेल (साउथ कोरिया)

आफु नै त्यो परिवर्तन बन जुन तिमि संसारमा देख्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *